Harsamaya
सुदूरपश्चिमले दियो लुम्बिनीलाई ८६ रनको लक्ष्य
नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो सिजनकोे फाइनल खेलमा सुदूरपश्चिम रोयल्सका खेलाडी । 

काठमाडौं - नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो सिजनकोे फाइनल खेलमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई ८६ रनको लक्ष्य दिएको छ । 

शनिबार कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा पहिला ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित १९.१ ओभरमा सबै विकेट गुमाउँदै ८५ रन बनाएको हो ।

सुदूरपश्चिमका लागि ओपनर इसान पाण्डेले सर्वाधिक ३३ रन बनाए । विनोद भण्डारी ०, शेल्डोन ज्याकसोन एक, आरिफ शेख ६, कप्तान दीपेन्द्रसिंह ऐरी १३, दीपक बोहरा ०, पुनित महरा ०, अभिनास बोहरा एक, हर्मित सिंह १० र स्कट कुगेइलेन १० रनमा आउट भए । हेमन्त धामी ७ रनमा अविजित रहे ।

ब्लिङमा लुम्बिनीका कप्तान रोहित पौडेलले ह्याट्रिक पूरा गरे । रोहित एनपीएलमा ह्याट्रिक पूरा गर्ने दोस्रो खेलाडी बनेका छन् । यसअघि काठमाण्डु गोर्खाजका शाहव आलमले ह्याट्रिक पूरा गरेका थिए ।

रोहितले ११औं ओभरको चौथो, पाँचौं र छैटौं बलमा विकेट लिए । शेर मल्ल र रुवेन ट्रम्पलम्यानले ३—३ र तिलक भण्डारीले एक विकेट लिए । 

सुदूरपश्चिमले पहिलो क्वालिफायरमा विराटनगर किंग्सलाई पराजित गर्दै फाइनल यात्रा तय गरेको हो भने इलिमिनेटरमा काठमाडौं गोर्खाज् र दोस्रो क्वालिफायरमा विराटनगर किंग्सलाई पराजित गरेर लुम्बिनीले फाइनलमा आफ्नो स्थान बनाएको हो ।

प्रकाशित मिति: शनिबार, मंसिर २७, २०८२  १८:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update