Harsamaya
सुरेश रजक अब सँधैका लागि अमर छन् : जगदीश खरेल
सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल । (फाइल फोटो)

काठमाडौं - सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले शहीद सुरेश रजक अब सँधैका लागि अमर भएको बताएका छन् ।

शनिबार शहीद सुरेश रजकको परिवारसँगको भेटघाटमा उनले सरकारले सुरेशलाई शहीद घोषणा गरेको भन्दै अब उनी सबैका लागि अमर भएको बताए । 

शहीदको सम्मान पाउन त्यति सजिलो नभएको भन्दै ठूलै त्याग, समर्पण गुमाएपछि मात्रै शहीद हुन पाइने पनि उनको भनाई छ । 

उनले भने, ‘शहीद सुरेश रजकले जे जसरी आफ्नो ज्यान गुमाउनु पर्यो, त्यो एकदमै दुखद थियो । शहीद भईसकेपछि सुरेश रजक अब अमर हुनुभयो । उसलाई देश जनताले सम्झिरहने छन् । त्यो पनि सम्मानका साथ शहीदको सम्मान पाउन त्यति सजिलो छैन् । ठूलै त्याग, समर्पण गुमाउनुपर्छ अनि मात्रै शहीद हुन पाइन्छ ।’

यस्तै, उसको मृत्यु भएको हो कि मारिएको हो भन्ने कुरा अझै छानबिन हुन बाँकी रहेको पनि बताए ।

पत्रकारहरुलाई यसरी शहीद घोषणा गरेको घटना कमै हुने भन्दै यस्तो कार्य गर्न पाउँदा खुशी लागेको पनि उनको भनाई छ ।

प्रकाशित मिति: शनिबार, मंसिर २७, २०८२  १८:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update