Harsamaya
पार्टी नेतृत्व चयनका बारेमा पूर्व सर्त राख्नेहरूसँग कुनै सहमति हुँदैन - केपी शर्मा ओली
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली ।

काठमाडौं - नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी नेतृत्व चयनका बारेमा पूर्व सर्तराख्नेहरुसंग कुनै सहमति नहुने स्पष्ट पारेका छन् । 

प्रेस चौतारी नेपालले बिहीबार काठमाडौंमा आयोजना गरेको सम्पादकहरूसँगको संवाद कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले आफुले नेतृत्व छाडे सहमति हुन्छ भनेर पूर्वसर्त राख्नेहरूसँग आफ्नो सहमति नहुने स्पष्ट पारेका हुन् । उनले अध्यक्षका प्रत्याशी ईश्वर पोखरेलले बाहिर– बाहिर उम्मेदवारी घोषणा गरेर हिडेपनि आफुसंग कुनै छलफल नगरेको जिकिर गरे । 

 अध्यक्ष ओलीले भरसक सहमतिबाट नेतृत्व चयन गरिने बताउँदै सहमति हुन नसके करकाप नगरिने बताए । सहमति नभए स्वच्छ प्रतिष्पर्धा हुने उनले स्पष्ट पारे । उनले प्रतिनिधिहरूले विश्वास गरे भने आफ्नो पार्टी अध्यक्ष पद निरन्तर हुने स्पष्ट गरे ।

यस पटक दबाब दिएर मिलाउने योजना नभएको बताउँदै उनले स्वच्छ प्रतिष्पर्धा वा बिना करकाप नेतृत्व छानिने बनाए । उनले अध्यक्ष ओलीले ईश्वर पोखरेल लगायतका केही मानिसहरु आफ्नो विरुद्ध सुशीला कार्कीसँग मिलेर लागको उल्लेख गरे । 

त्यस्तै अध्यक्ष ओलीले सरकार र जेनजीबीच भएको सम्झौता कलाविहीन नाटक भएको टिप्पणी गरे । अहिलेको सरकारको कुनै कानुनी हैसियत नभएकाले जेनजीसंग सरकारले गरेको सम्झौता संवैधानिक हुन नसक्ने उनले बताए । कसैले ल्याएर टाँसिदिएको सरकारको ताउर–माउर देख्दा आफू आश्चर्यमा परेको ओलीले बताए ।

कसैले भोट नहालेको सरकारले व्यवस्थाको बारेमा सहमति गर्ने कुनै हैसियत नराख्ने उनले बताए । हैसियत बिनाको व्यक्तिले विना प्रक्रिया अनधिकृत रुपमा सिफारिस गरी विघटन गरिएको प्रतिनिधि सभा पुनस्र्थापित हुनु पर्ने उनको धारणा छ । 

अदालतबाट प्रतिनिधि सभा पुनस्र्थापना हुने दावी गर्दै अध्यक्ष ओलीले अदालतलाई संविधानले अन्यथा फैसला गर्ने बाटो नै नदिएको बताए । भदौ २४ गते आफू भागेको नभई थप क्याजल्टी हुन नदिन बालुवाटार छाडेर हिँडेको भन्दै उनले आफू देश छाडेर कतै नगएको र नजाने बताए । 

प्रकाशित मिति: बिहीबार, मंसिर २५, २०८२  १६:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update