काठमाडौं - नेपाली कांग्रेस इलामले इलाम क्षेत्र नम्बर २ बाट उम्मेदवार सिफारिस गरेको छ ।
पार्टीको क्षेत्र नम्बर २ कार्यसमितिको आजको बैठकले महासमिति सदस्य भेषराज आचार्य सहित तीन जनाको नाम प्राथामिकतामा राखेर सिफारिस गरेको छ । समितिले आचार्य सहित पूर्व राज्यमन्त्री केशव थापा र संविधान सभा सदस्य नगेन्द्र कुमालको पनि नाम सिफारिस गरेको छ ।
‘यी नाम प्राथामिकताका साथ सिफारिस गरिएको हो‚’ क्षेत्रीय कार्यसमितिको बैठकले निर्णय गर्दै माइनुटमा लेखेको छ‚‘प्राथामिकता बाहेक अन्य व्यक्तिहरूले पनि मन गर्नुभएकाले इश्वर चिपालु र रमेश लिङ्देनको नाम पनि सिफारीस गरिएको छ।’
पार्टीले समानुपातिक तर्फ महासमिति सदस्य प्रेमिका राना मगर र अपाङ्ग महासंघका केन्द्रीय अध्यक्ष माधव चौलागाईंलाई समानुपातिक तर्फ सिफारिस गरेको छ । ‘धनमाया बराईली‚सुजता परियार र भुवानी शमशेर राईले पनि मन गर्नुभएकोले सिफारिस गरिएको छ‚’ माइनुटको निर्णयमा लेखिएको छ ।
बैठकले राष्ट्रिय सभा सदस्यका लागि पूर्व जिल्ला सभापति हिमालय कर्मचार्यको नाम एकल सिफारिस गरेको छ ।

