Harsamaya
सुदूरपश्चिम रोयल्सले विराटनगर किंग्सलाई दियो १५६ रनको लक्ष्य
सुदूरपश्चिम रोयल्स ।

काठमाडौं - नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–२ को फाइनलमा सुदूरपश्चिम रोयल्सले विराटनगर किंग्सलाई १५६ रनको लक्ष्य दिएको छ ।

टीयु क्रिकेट मैदानमा विराटनगरविरुद्ध टस हारेर ब्याटिङ गरेको सुदूरपश्चिम रोयल्सले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १५५ रन बनाएको हो ।

सुदूरपश्चिमका लागि ओपनर विनोद भण्डारीले सर्वाधिक ६३ रन बनाए । विनोदले ५२ बलमा ३ चौका र २ छक्का प्रहार गरे । मुख्तार अहमद १०, शेल्डन ज्याकसन २०, आरिफ शेख २०, इशान पाण्डे १३, कप्तान दीपेन्द्रसिंह ऐरी ३, हर्मित सिंह १४ रनमा आउट भए ।

स्कट कुगेलेइन १ र मिलन बोहरा ५ रनमा अविजित रहे । बलिङमा विराटनगरका मार्चन्ट डि लिङ र प्रतिश जिसीले दुई/दुई तथा सूर्य तामाङ र साम हिटलेटले एक/एक विकेट लिए ।

प्रकाशित मिति: मंगलबार, मंसिर २३, २०८२  १८:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update