घाँस काट्ने क्रममा लडेर कान्छीमायाको मृत्यु
रामेछाप - सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–४ धनमान खोलास्थित पाखाको डिलमा घाँस काट्ने क्रममा लडेर एक महिलाको मृत्यु भएको छ।
घाँस काटिरहेका बेला ८० वर्षीया कान्छीमाया घिसिङ डिलबाट लडेर घाइते भएकी थिइन् ।
घाइते घिसिङलाई स्थानीय सहयोगमा प्रारम्भिक उपचारपछि काठमाडौंस्थित ट्रमा सेन्टर लगिएको थियो । ट्रमा सेन्टरमा उपचारको क्रममा उनको ज्यान गएको प्रहरीले जनाएको छ ।
घटनाबारे थप विवरण संकलन भइरहेको र आवश्यक अनुसन्धान अघि बढाइरहेको प्रहरीले जनाएको छ।
प्रकाशित मिति: आइतबार, मंसिर २१, २०८२ १३:१२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय

