मधेशका मुख्यमन्त्री यादवले आउँदो २४ गते विश्वासको मत लिने
सर्लाही - मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्ण प्रसाद यादवले मंसिर २४ गते विश्वासको मत लिने भएका छन्।
सत्तापक्षीय सातदलीय गठबन्धनको आजको बैठकले सो निर्णय गरेको जसपाका प्रमुख सचेतक राम असिस यादवले जानकारी दिए।
मंसिर १९ गते नेपाली कांग्रेसबाट मुख्यमन्त्री नियुक्त भएका यादवले आज पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।जनकपुरधाममा आयोजना गरेको शपथग्रहण कार्यक्रममा मधेस प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले नवनियुक्त मुख्यमन्त्री यादवलाई शपथग्रहण गराएका हुन् ।
आजै उनले सानो आकारको मन्त्रिपरिषद् गठन गर्ने तयारी गरेका छन्। विश्वासको मत पाएपछि मात्रै मन्त्रिपरिषद्लाई पूर्णरूप दिने योजना रहेको बताइएको छ।
प्रकाशित मिति: आइतबार, मंसिर २१, २०८२ १२:५४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय

