Harsamaya
चितवनलाई सुदूरपश्चिमको १७० रनको लक्ष्य
सुदूरपश्चिम रोयल्सले चितवन राइनोजलाई १७० रनको लक्ष्य ।

काठमाडौं - नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–२ मा सुदूरपश्चिम रोयल्सले चितवन राइनोजलाई १७० रनको लक्ष्य दिएको छ ।

बिहीबार टीयू क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको सुदुरपश्चिमले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १६९ रन बनाएको हो । 

सुदूरपश्चिमका लागि ओपनर क्रिस लिनले सर्वाधिक ७५ रन बनाउन सफल भए । 

ओपनर विनोद भण्डारी २१, इशान पाण्डे १, पुनिट मेहरा १३, हर्मित सिंह १ रनमा आउट भए । 

प्रकाशित मिति: बिहीबार, मंसिर १८, २०८२  १८:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update