Harsamaya
मधेश प्रदेशमा नयाँ सरकार बनाउनका लागि दलहरूलाई आह्वान

जनकपुर - मधेश प्रदेशमा नयाँ सरकार बनाउनका लागि दलहरूलाई आह्वान गरिएको छ । प्रदेश प्रमुख कार्यालयले आज मुख्यमन्त्री सरोज कुमार यादवको राजीनामा स्वीकृत गरेको जानकारी गराउँदै नयाँ सरकार निर्माण गर्नका लागि दलहरूलाई आह्वान गरेको छ ।

प्रदेश प्रमुखको कार्यालयले संविधानको धारा १६८ को उपधारा २ बमोजिम अगामी शुक्रवार १९ गते साँझ ५ बजे भित्रमा सरकार गठनका लागि दाबी पेस गर्नका लागि दलहरूलाई आह्वान गरेको छ ।

यो सँगै दलहरू पुनः छलफलमा जुटेका छन् । आज दिउँसो बसेको मधेश प्रदेश सभाको बैठकमा मुख्यमन्त्री सरोज कुमार यादवले विश्वासको मत लिने भनिएकोमा उनले बैठकमै राजीनामा दिएको घोषणा गरेका थिए ।

प्रकाशित मिति: बुधबार, मंसिर १७, २०८२  १९:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update