Harsamaya
मुख्यमन्त्री सरोज कुमार यादवले बुधबार विश्वासको मत लिने
मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादव ।

जनकपुर - मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले भोली बुधबार विश्वासको मत लिने भएका छन् ।मंगलबार  साँझ पत्रकार सम्मेलन गर्दै मुख्यमन्त्री यादवले भोली दिउँसो मधेश प्रदेश सभामा विश्वासको मत लिने जानकारी दिए ।

उनले सर्वोच्च अदालतले २४ घण्टाभित्र विश्वासको मत लिन भने पनि आफूले पत्र ढिलो प्राप्त गरेको र पत्र प्राप्त हुने बित्तिकै विश्वासको मत लिनुभन्दा पहिला प्रदेश सभामा जानकारी गराउनुपर्ने, पत्र दर्ता गर्नुपर्ने लगायतका कागजी कामहरू गरेकोले केही ढिलो हुन गएको बताए ।

उनले पत्र प्राप्त भएको समयदेखि २४ घण्टा भित्र विश्वासको मत लिनुपर्ने बताए । सोही अनुसार उनले भोली विश्वासको मत लिने जानकारी दिए ।

मुख्यमन्त्री यादवले विश्वासको मत प्राप्त गर्नेमा आफू ढुक्क रहेको पनि बताए । उनले विभिन्न दलहरू सँग कुरा भएको र आफूले विश्वासको मत पाउनेमा कुनै शङ्का नरहेको बताए ।

हिजो बेलुका सर्वोच्च अदालतले मुख्यमन्त्री यादवलाई २४ घण्टा भित्र विश्वासको मत लिन परमादेश जारी गरेको थियो ।

प्रकाशित मिति: मंगलबार, मंसिर १६, २०८२  १९:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update