Harsamaya
सुनचाँदीको मूल्य बढ्यो
सांकेतिक तस्विर :हर समय/harsamaya

काठमाडौं - साताको पहिलो कारोबार दिन आज नेपाली बजारमा सुनको मूल्य बढेको छ । 

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा १ हजार ४ सय रुपैयाँले बढेको हो । 

आइतबार २ लाख ५२ हजार २ सय रुपैयाँमा कारोवार भएको सुन आज २ लाख ५३ हजार ६ सय रुपैयाँमा कारोवार भैइरहेको छ ।

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ ।  आइतबार ३ हजार ४ सय ९० रुपैयाँमा कारोबार भएको चाँदी आज ३ हजार ५ सय ३५ रुपैयाँमाकारोवार भैइरहेको छ ।  

प्रकाशित मिति: सोमबार, मंसिर १५, २०८२  १२:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update