Harsamaya
अर्नमा गाउँपालिका–५ को स्वास्थ्य चौकीमा म्याद सकिएको औषधि वितरण 
म्याद सकिएको ट्याब्लेट ।

सिरहा - सिरहाको अर्नामा गाउँपालिका वडा नं. ५ मा रहेको स्वास्थ्य चौकीमा म्याद सकिएको ट्याब्लेट बिरामीलाई दिइएको कुरा बाहिर आएपछि स्थानीयहरू आक्रोशित बनेका छन् । 

उपचारका नाममा बिरामीको स्वास्थ्यसँग सीधा खेलवाड भएको भन्दै सेवा लिने नागरिकले कडा रूपमा आपत्ति जनाएका छन् ।

स्थानीयका अनुसार नियमित निगरानी नहुनु, औषधिको स्टक चेक नगर्नु र स्वास्थ्यकर्मीहरूको लापरवाहीका कारण यस्तो घटना दोहोरिरहँदा पनि कसैले गम्भीरता दिएका छैनन् । ‘बिरामी त उपचार खोज्दै आउँछन्, तर यहाँ त उल्टै स्वास्थ्य जोखिममा पार्ने काम भइरहेको छ ।’ एक स्थानीयले कडा रूपमा आक्रोश व्यक्त गरे ।

यस घटनापछि सम्बन्धित चौकीप्रमुख र गाउँपालिकालाई तत्काल छानबिन गरी जिम्मेवारमाथि कडा कारबाही गर्न माग गरिएको छ ।
 

प्रकाशित मिति: शनिबार, मंसिर १३, २०८२  १८:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update