Harsamaya
सुन तोलाको २ लाख ५० हजार बढी पुग्यो
सांकेतिक तस्वीर: हर समय/Har Samaya

काठमाडौं - नेपाली बजारमा आज सुनको मूल्य बढेको छ ।  

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा २ हजार २०० ले बढेर २ लाख ५० हजार ६०० मा कारोबार भइरहेको छ ।  बिहीबार सुन तोलाको २ लाख ४८ हजार ४०० मा कारोबार भएको थियो । 

त्यस्तै, आज चाँदीको मूल्य भने बढेको छ । चाँदी तोलामा ६६ रूपैयाँले बढेर ३ हजार ३४५ मा कारोबार भइरहेको छ । 

प्रकाशित मिति: शुक्रबार, मंसिर १२, २०८२  १०:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update