Harsamaya
एनपीएलमा आज चितवन राइनोज र काठमाडौं गोर्खाज तथा कर्णाली याक्स र विराटनगर किङ्ग्स प्रतिस्पर्धा गर्दै

काठमाडौं - काठमाडौंमा जारी दोस्रो सिरिजको नेपाल प्रिमियर लिग (एनपिएल) मा आज दुई खेल हुँदै छ । पहिलो खेल बिहान ११ः४५ बजे चितवन राइनोज र काठमाडौं गोर्खाजबिच हुने छ ।

यस्तै, दोस्रो खेल अपराह्न ४ बजे कर्णाली याक्स र विराटनगर किङ्ग्सबिच बजे हुनेछ । काठमाडौंको त्रिवि क्रिकेट मैदानमा जारि खेलमा बिहीबार साबिक विजेता जनकपुर बोल्ट्स लगातार तीन खेलमा पराजित भएको छ । 

यसअघि जनकपुर काठमाडौं गोर्खाजसँग पाँच विकेट तथा विराटनगर किङ्ग्ससँग नौ विकेटले पराजित भएको थियो । बिहीबार नै भएको पहिलो खेलमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई सात विकेटले पराजित गरेको थियो ।

प्रकाशित मिति: शुक्रबार, मंसिर १२, २०८२  ०६:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update