काठमाडौं - नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार आज अमेरिकी डलर एकको खरिददर १४२ रुपैयाँ ६० पैसा र बिक्रीदर १४३ रुपैयाँ २० पैसा कायम गरेको छ ।
यस्तै, युरोपियन युरो एकको खरिददर १६५ रुपैयाँ ९६ पैसा र बिक्रीदर १६५ रुपैयाँ ८५ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८८ रुपैयाँ ६१ पैसा र बिक्रीदर १८९ रुपैयाँ ४० पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १७६ रुपैयाँ ८९ पैसा र बिक्रीदर १७७ रुपैयाँ ६३ पैसा कायम गरिएको छ ।
अष्ट्रेलियन डलर एकको खरिददर ९३ रुपैयाँ ०५ पैसा र बिक्रीदर ९३ रुपैयाँ ४४ पैसा, क्यानेडियन डलर एकको खरिददर १०१ रुपैयाँ ५२ पैसा र बिक्रीदर १०१ रुपैयाँ ९४ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०९ रुपैयाँ ८६ पैसा र बिक्रीदर ११० रुपैयाँ ३२ पैसा तोकिएको छ ।
जापानी येन १० को खरिददर नौ रुपैयाँ १२ पैसा र बिक्रीदर नौ रुपैयाँ १६ पैसा, चिनियाँ युआन एकको खरिददर २० रुपैयाँ १३ पैसा र बिक्रीदर २० रुपैयाँ २२ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३८ रुपैयाँ ०२ पैसा र बिक्रीदर ३८ रुपैयाँ १८ पैसा, कतारी रियाल एकको खरिददर ३९ रुपैयाँ १३ पैसा र बिक्रीदर ३९ रुपैयाँ ३० पैसा कायम भएको छ ।
केन्द्रीय बैङ्कका अनुसार थाइ भाट एकको खरिददर चार रुपैयाँ ४३ पैसा र बिक्रीदर चार रुपैयाँ ४४ पैसा, युएई दिराम एकको खरिददर ३८ रुपैयाँ ८३ पैसा र बिक्रीदर ३८ रुपैयाँ ९९ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३४ रुपैयाँ ५१ पैसा र बिक्रीदर ३४ रुपैयाँ ६६ पैसा, साउथ कोरियन वन १००को खरिददर नौ रुपैयाँ ७५ पैसा र बिक्रीदर नौ रुपैयाँ ८० पैसा, स्वीडिस क्रोनर एकको खरिददर १५ रुपैयाँ ०३ पैसा र बिक्रीदर १५ रुपैयाँ ०९ पैसा र डेनिस क्रोनर एकको खरिददर २२ रुपैयाँ ११ पैसा र बिक्रीदर २२ रुपैयाँ ११ पैसा तोकिएको छ ।
राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिददर १८ रुपैयाँ ३३ पैसा र बिक्रीदर १८ रुपैयाँ ४१ पैसा, कुवेती दिनार एकको खरिददर ४६३ रुपैयाँ ४० पैसा र बिक्रीदर ४६६ रुपैयाँ ३६ पैसा, बहराइन दिनार एकको खरिददर ३७८ रुपैयाँ २६ पैसा र बिक्रीदर ३७९ रुपैयाँ ८५ पैसा , ओमनी रियाल एकको खरिददर ३७० रुपैयाँ ३८ पैसा र बिक्रीदर ३७१ रुपैयाँ ९४ पैसा रहेको छ । भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ ।
राष्ट्र बैङ्कले आवश्यक परे विनिमयदर जुनसुकै समयमा संशोधन गर्न सकिने बताउँदै वाणिज्य बैंकहरूले तोक्ने दर फरक हुन सक्ने उल्लेख गरेको छ। नयाँ दरहरू केन्द्रीय बैंकको वेबसाइटमा अद्यावधिक रूपमा उपलब्ध गराइनेछ।

