Harsamaya

काठमाडौं - स्वास्थ्य तथा जनसंख्या मन्त्री सुधा शर्मा गौतमले औषधिको व्यवस्थापन, आपूर्ति र बीमामा रहेको वेतिथि हटाउने कुरालाई प्राथमिकतामा राखेको बताएकी छन् ।  

बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले स्वास्थ्य मन्त्रालय अन्तरगत समस्या भएको र भ्रष्टाचारको आरोप लाग्ने क्षेत्र भनेको औषधीको व्यवस्थापन, आपूर्तीमा र बीमा भएको भन्दै यो तीनवटा कुरालाई प्राथमिकतामा राखेको बताइन् । 

उनले भनिन्, ‘यो सरकार जेनजीको भावना अनुरुप बनेको नागरिक सरकार हो । यसमा हामीले जेनजीकै भावना अनुरुप भ्रष्टाचार निर्मूलको लागि प्रतिज्ञा गरेका छौ र हाम्रो प्रणाली सुदृढिकरण गर्नको लागि प्रतिज्ञा गरेका छौ । मैले स्वास्थ्य मन्त्रालयको नेतृत्व लिदैँ गर्दा समस्या भएको र भ्रष्टाचारको आरोप लाग्ने क्षेत्र भनेको औषधीको व्यवस्थापन, आपूर्तीमा र वेतिथिको पराकाष्टमा रहेको भनेको बीमा हो । यो तीनवटा कुरालाई मैले आफ्नो प्राथमिकतामा राखेको छु ।’

यस्तै, उनले आगामी दिनहरुमा फेरि औषधीको गुणस्तर, मूल्य, प्रणाली र त्यसको अनुगमन आदिका बारेमा कुनै गुनासो नआओस भनेर त्यो प्रकारको पूर्व तयारी गर्न लागि रहेको पनि बताइन् । 

बीमाको सन्दर्भमा हाल भएको बीमालाई नै कसरी सुधार गर्न सकिन्छ र के गरेर जाने भन्ने कुरामा गहन छलफल गर्नुपर्ने भन्दै अहिले यसमा अध्ययनको क्रम जारी रहेको पनि उनले जानकारी दिइन् ।  

प्रकाशित मिति: बुधबार, मंसिर १०, २०८२  १६:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update