Harsamaya
एनपीएलमा आज विराटनगर किङ्स र चितवन राइनोज भिड्दै

काठमाडौं - काठमाडौंमा जारी नेपाल प्रिमियर लिग (एिनपिएल) मा  आज विराटनगर किङ्स र चितवन राइनोज  भिड्दैछन् । त्रिवि क्रिकेट मैदानमा बुधबार दिउँसो ३ बजे खेल शुरु हुनेछ । विराटनगरले लगातर तीन खेलमा जित हासिल गरेर ६अंक सहित तालिकाको दोस्रो स्थानमा छ ।  

यस्तै, चितवन राइनोजले यसअघि खुई खेलमा एक खेलमा मात्र जित हात पारेको छ । तालिकाको पाँचौँ स्थानमा रहेको चितवन राइनोजले आज आफ्नो खेलमा जितको खोजीसँगै तालिकामा उक्लने अवसर बनाउनु पर्नेछ ।

प्रकाशित मिति: बुधबार, मंसिर १०, २०८२  ०७:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update