Harsamaya
महाकाली नदीमा डुबेर एक युवक बेपत्ता
फाइल तस्वीरः हर समय/harsamaya

महेन्द्रनगर- महाकाली नदीमा डुबेर एक युवक बेपत्ता भएका छन् । कञ्चनपुरको भीमदत्त नगरपालिका–१२, ओदालीका २१ वर्षीय रोशन दमाईं नदीमा बेपत्ता भएका हुन् ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार, मंगलबार दिउँसो महाकाली नदीमा पौडी खेल्ने क्रममा उनी नदीमा बेपत्ता भएका हुन् । 

बेपत्ताको राति अबेरसम्म नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीले खोजी कार्य जारी राखेको भए पनि हालसम्म नभेटिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक सागर बोहराले जानकारी दिए ।

“दमाईंसँगै पौडी खेल्न गएका अर्का युवक भने सकुशल छन्,” प्रवक्ता बोहराले भने, “बेपत्ताको खोजीकार्यमा जुटिरहेको भए पनि अवस्था अझै अज्ञात छ ।” 

प्रकाशित मिति: मंगलबार, मंसिर ९, २०८२  २१:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update