Harsamaya
जसपा नेपालले बुधबार प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने 
फाइल तस्वीरः हर समय/harsamaya

काठमाडौं - जनता समाजवादी पार्टी (जसपा) नेपालले प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने भएको छ।

पार्टीको केन्द्रीय कार्यकारिणी समितिको हालै सम्पन्न बैठकले पार्टीले उठाउँदै आएका मुख्य माग र राष्ट्रिय मुद्दाहरू सार्वजनिक गर्दै संघर्षको कार्यक्रम घोषणा गरेबमोजिम बुधबार जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउन लागिएको पार्टी प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए ।

त्यसैगरी जसपा नेपालले मंसिर ११ देखि १५ गतेसम्म प्रत्येक संसदीय निर्वाचन क्षेत्रका विभिन्न सहर बजारमा विरोध कार्यक्रम, कोणसभा गरी जनपरिचालन गर्ने जनाएको छ ।

प्रकाशित मिति: मंगलबार, मंसिर ९, २०८२  २०:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update