सुन तोलामा ५ हजार बढ्यो
काठमाडौं - नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । मंगलबार सुन ५ हजार २०० ले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार २ लाख ४२ हजार ७०० मा कारोबार भइरहेको छ सुन आज २ लाख ४७ हजार ९०० मा कारोबार भइरहेको छ ।
त्यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । तोलामा ८५ रूपैयाँले बढेर चाँदी ३ हजार २०० मा कारोबार भइरहेको छ ।
प्रकाशित मिति: मंगलबार, मंसिर ९, २०८२ ११:३१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय

