Harsamaya
यस्तो छ मंगलबारको लागि विदेशी मुद्राको विनिमयदर
सांकेतिक तस्वीर: हर समय/Har samaya

काठमाडौँ - नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार आज अमेरिकी डलर एकको खरिददर १४२ रुपैयाँ ४८ पैसा र बिक्रीदर १४३ रुपैयाँ ०८ पैसा कायम गरेको छ ।  

यस्तै, युरोपियन युरो एकको खरिददर १६४ रुपैयाँ ४४ पैसा र बिक्रीदर १६५ रुपैयाँ १३ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८६रुपैयाँ ५६ पैसा र बिक्रीदर १८७ रुपैयाँ ३५ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १७६ रुपैयाँ ६४ पैसा र बिक्रीदर १७७ रुपैयाँ ३९ पैसा कायम गरिएको छ । 

अष्ट्रेलियन डलर एकको खरिददर ९१ रुपैयाँ ९० पैसा र बिक्रीदर ९२ रुपैयाँ २९ पैसा, क्यानेडियन डलर एकको खरिददर १०० रुपैयाँ ९९ पैसा र बिक्रीदर १०१ रुपैयाँ ४१ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०९ रुपैयाँ २२ पैसा र बिक्रीदर १०९ रुपैयाँ ६८ पैसा तोकिएको छ । 

जापानी येन १० को खरिददर नौ रुपैयाँ ०९ पैसा र बिक्रीदर नौ रुपैयाँ १३ पैसा, चिनियाँ युआन एकको खरिददर २० रुपैयाँ ०५ पैसा र बिक्रीदर २० रुपैयाँ १३ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३७ रुपैयाँ ९९ पैसा र बिक्रीदर ३८ रुपैयाँ १५ पैसा, कतारी रियाल एकको खरिददर ३९ रुपैयाँ १० पैसा र बिक्रीदर ३९ रुपैयाँ २६ पैसा कायम भएको छ ।

केन्द्रीय बैङ्कका अनुसार थाइ भाट एकको खरिददर चार रुपैयाँ ३९ पैसा र बिक्रीदर चार रुपैयाँ ४० पैसा, युएई दिराम एकको खरिददर ३८ रुपैयाँ ७९ पैसा र बिक्रीदर ३८ रुपैयाँ ९६ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३४ रुपैयाँ ४० पैसा र बिक्रीदर ३४ रुपैयाँ ५५ पैसा, साउथ कोरियन वन १००को खरिददर नौ रुपैयाँ ६४ पैसा र बिक्रीदर नौ रुपैयाँ ६८ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १४ रुपैयाँ ९३ पैसा र बिक्रीदर १४ रुपैयाँ ९९ पैसा  र डेनिस क्रोनर एकको खरिददर २२ रुपैयाँ ०२ पैसा र बिक्रीदर २२ रुपैयाँ ११ पैसा तोकिएको छ ।

राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिददर १८ रुपैयाँ ३१ पैसा र बिक्रीदर १८ रुपैयाँ ३८ पैसा, कुवेती दिनार एकको खरिददर ४६३ रुपैयाँ ५० पैसा र बिक्रीदर ४६५ रुपैयाँ ४५ पैसा, बहराइन दिनार एकको खरिददर ३७७ रुपैयाँ ९३ पैसा र बिक्रीदर ३७९ रुपैयाँ ५२ पैसा , ओमनी रियाल एकको खरिददर ३७० रुपैयाँ ०८ पैसा र बिक्रीदर ३७१ रुपैयाँ ६४ पैसा रहेको छ । भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ । 

राष्ट्र बैङ्कले आवश्यक परे विनिमयदर जुनसुकै समयमा संशोधन गर्न सकिने बताउँदै वाणिज्य बैंकहरूले तोक्ने दर फरक हुन सक्ने उल्लेख गरेको छ। नयाँ दरहरू केन्द्रीय बैंकको वेबसाइटमा अद्यावधिक रूपमा उपलब्ध गराइनेछ।

प्रकाशित मिति: मंगलबार, मंसिर ९, २०८२  ०६:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update