एनपीएलमा आज विराटनगर किङ्स र जनकपुर बोल्ट्स तथा कर्णाली याक्स र सुदूरपश्चिम रोयल्स भिड्दै
काठमाडौं - सिद्धार्थ बैङ्क नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुई खेल हुँदैछ । आज पूर्वका दुई टिम- विराटनगर किङ्स र जनकपुर बोल्ट्स तथा पश्चिमका दुई टिम- कर्णाली याक्स र सुदूरपश्चिम रोयल्स भिड्दैछन् ।
पहिलो खेल बिहान पौने १२ बजेदेखि विराटनगर र जनकपुरका बिचमा हुनेछ । हालसम्म २ खेलमा २ जित निकालेको विराटनगर तेस्रो जितको खोजीमा रहनेछ भने पहिलो खेलमा पराजित भएको जनकपुर आज दोस्रो खेल खेल्दा जितको खोजीमा हुनेछ ।
यस्तै आजै दोस्रो खेल कर्णाली र सुदूरपश्चिमका बिचमा अपराह्न ४ बजेदेखि सुरु हुनेछ । कर्णालीले २ खेल खेल्दा १ जित र १ हारको नतिजा निकालेको छ भने सुदूरपश्चिमले दुवै खेल जितेर अपराजित छ ।
पहिलो संस्करण भएको एक खेलमा सुदूरपश्चिमले कर्णालीमाथि ६ विकेटको जित निकालेको थियो ।
प्रकाशित मिति: सोमबार, मंसिर ८, २०८२ ०७:१२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय

