प्रगतिशील लोकतान्त्रिक पार्टी घोषणा, चुनाव चिन्ह आँखा
काठमाडौं - प्रगतिशील लोकतान्त्रिक पार्टी घोषणा गरिएको छ ।
आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा नेसपा (नयाँ शक्ति), प्रगतिशील राष्ट्रिय अभियान, रास्वपा परित्याग गरेका सन्तोष परियारबीच एकताका साथ प्रगतिशील लोकतान्त्रिक पार्टी घोषणा गरिएको हो ।
डा. बाबुराम भट्टराई, जनार्दन शर्मा, सुदन किराती, सन्तोष परियार लगाएतका नेताहरुले पार्टीको झण्डा फहराएर प्रगतिशील लोकतान्त्रिक पार्टी गठनको घोषणा गरेका थिए ।
पार्टीको चुनाव चिन्ह आँखा रहेको छ भने प्रगतिशील समाजवाद मार्गदर्शक मूल सिद्धान्त रहेको नेताहरुले जनाएका छन् । पार्टीमा ७ सदस्यीय अध्यक्ष मण्डल रहने र १५१ जना केन्द्रीय सदस्य रहने बताइएको छ ।
प्रकाशित मिति: आइतबार, मंसिर ७, २०८२ १४:५२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय

