Harsamaya
रातो मसी छ्याप्ने तथा आक्रमण गर्ने प्रयास गम्भीर र निन्दनीय - महेश बस्नेत
नेकपा एमालेका नेता महेश बस्नेत ।

काठमाडौं - नेकपा एमालेका नेता महेश बस्नेतले विराटनगर विमानस्थलमा रातो मसी छ्याप्ने तथा आक्रमण गर्ने प्रयास गम्भीर र निन्दनीय भएको बताएका छन् । आइतबार सामाजिक सञ्जालमा लेख्दै बस्नेतले आक्रमणजस्ता हर्कत कहिल्यै स्वीकार्य नहुने बताए । 

‘विराटनगर विमानस्थलमा हामीमाथि अप्रित कुवँर र सञ्जोग गौतम बाट गरिएको रातो मसी छ्याप्ने तथा आक्रमण गर्ने प्रयास गम्भीर र निन्दनीय छ’,उनले भने,  ‘लोकतन्त्रमा विरोधको पनि मर्यादा हुन्छ। शान्तिपूर्ण सभा–जुलुस र देशभर स्वतन्त्र रूपमा आवत–जावत गर्नु सबै नागरिकको अधिकार हो, तर आक्रमणजस्ता हर्कत कहिल्यै स्वीकार्य हुँदैन।’

इटहरीको एक कार्यक्रममा सहभागी हुन जान लागेका बस्नेतको गाडीमा अप्रित कुवँर र सञ्जोग गौतमले आक्रमण प्रयास गरेका थिए । उनीहरूलाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ । 


 

प्रकाशित मिति: आइतबार, मंसिर ७, २०८२  १३:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update