बाबुराम, जनार्दन र सन्तोषले आज पार्टी एकता घोषणा गर्दै
काठमाडौं - बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नयाँ शक्ति), जनार्दन शर्मा नेतृत्वको प्रगतिशील राष्ट्रिय अभियान र सन्तोष परियार नेतृत्वको समूहले आज पार्टी एकता गर्दै छन् ।
आइतबार काठमाडौंको राष्ट्रिय सभागृहमा वृहत् एकता घोषणा सभाको आयोजना गरिएको छ । कार्यक्रममा अन्य समूहलाई पनि एकतामा ल्याइने बताइएको छ ।
कात्तिक २८ गते नेसपा नयाँ शक्तिसहित प्रगतिशील राष्ट्रिय अभियान र परियार समूहबिच एकता सहमतिमा हस्ताक्षर भएको थियो ।
प्रकाशित मिति: आइतबार, मंसिर ७, २०८२ ०८:४१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय

