एनपीएल दोस्रो संस्करणमा कर्णालीको पहिलो जित, ९ विकेटले हार्यो लुम्बिनी
काठमाडौं - दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को छैटौँ दिनको पहिलो खेल कर्णाली याक्साले ९ विकेटले जितेको छ । शनिबार भएको पहिलो खेलमा कर्णाली याक्साले १२. २ ओभरको समाप्तिमा १ विकेट गुमाउँदै १६१ रन बनाएको हो । यसअघि ब्याटिङमा उत्रेको लुम्बिनी लायन्सले निर्धारित २० ओभरको खेलमा ८ विकेट गुमाउँदै कर्णाली याक्सलाई १५७ रनको लक्ष्य दिएको थियो ।
जारी एनपीएलमा कर्णालीले पहिलो जित निकालेको छ भने दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल)मा मार्क वाटले पहिलो सेन्चुरी बनाएका छन् । उनले ६ चौका र १२ छक्काको मद्दतमा नकआउट रहँदै ११४ रन बनाएको हो ।
टस जितेर कर्णालीले पहिले बलिङ गर्ने निर्णय गरेपछि लुम्बिनी लायन्सले ब्याटिङको निम्तो पाएको थियो ।
प्रकाशित मिति: शनिबार, मंसिर ६, २०८२ १४:३१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय

