पार्टीमा फर्किएकालाई महाधिवेशन प्रतिनिधि बनाउने एमाले सचिवालय बैठकको निर्णय
काठमाडौं - नेकपा (एमाले)ले पार्टीमा फर्किएका नेतालाई महाधिवेशन प्रतिनिधि बनाउने निर्णय गरेको छ । बिहीबार बसेको सचिवालय बैठकले विशेष निर्णय गरेको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए ।
“घर फर्क अभियानअन्तर्गत विभिन्न वामपन्थी समूहबाट आबद्ध हुनुभएकामध्ये तत् कमिटीका केन्द्रीय समितिमा जो अहिले यता आउनुभएको छ । उहाँहरूलाई प्रतिनिधि बनाउने विशेष निर्णय गरिएको छ,” उनले भने ।
केही समयअघि मात्रै रामकुमारी झाँक्री, किसान श्रेष्ठलगायत नेताहरू एमालेमा फर्किएका थिए । एमालेको महाधिवेशन यही मंसिर २७ देखि २९ गतेसम्म काठमाडौंमा हुँदै छ ।
प्रकाशित मिति: बिहीबार, मंसिर ४, २०८२ २१:४३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय

