Harsamaya
टेलिकमको बिलिङ प्रणाली खरिदमा कुनै हस्तक्षेप र अवरोध नगर्ने सञ्चारमन्त्रीको स्पष्टोक्ति
सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल ।

काठमाडौं - सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले नेपाल टेलिकमको बिलिङ प्रणाली खरिद गर्ने सन्दर्भमा कुनै हस्तक्षेप र अवरोध नगर्ने स्पष्ट पारेका छन् । 

बिहीबार सिंहदरबारमा टेलिकमको बिलिङ प्रणाली खरिद टेन्डर प्रक्रियामा छानबिन गर्न मन्त्रालयले गठन गरेको अध्ययन समितिको प्रतिवेदन बुझ्दै मन्त्री खरेलले प्रतिवेदनकै आधारमा टेलिकमको बिलिङ प्रणाली खरिद गर्ने सन्दर्भमा कुनै हस्तक्षेप र अवरोध नहुने स्पष्ट पारेका हुन् । 

उनले कानुनको पालना गर्दै टेलिकमलाई खरिद कार्य अघि बढाउन स्वायता प्रदान गरिएको बताए । अध्ययन प्रतिवेदन आन्तरिक प्रयोजनका लागि मात्रै भएको उनले बताए । मन्त्री खरेलले समितिको प्रतिवेदन प्रधानमन्त्री कार्यालयमा समेत बुझाइने जानकारी दिए । 

नेपाल टेलिकमको बिलिङ ठेक्कामा बिभिन्न टिकाटिप्पणी भएपछि मन्त्री खरेलले पूर्वसचिव मणिराम गेलालको संयोजकत्वमा ७ सदस्यीय अध्ययन समिति गठन गरेका थिए । 

प्रकाशित मिति: बिहीबार, मंसिर ४, २०८२  १७:४०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update