Harsamaya
दुर्गा प्रसाईंलाई अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश 
दुर्गा प्रसाईं ।

काठमाडौं- सर्वोच्च अदालतले दुर्गा प्रसाईंलाई अदालतमा उपस्थित गराउन आदेश जारी गरेको छ। बिहीबार न्यायाधीश मेघराज पोखरेलको एकल इजलासले कारण देखाऊ आदेश जारी गर्दै  बन्दीसहित उपस्थित गराउन निर्देशन दिएको हो।

प्रसाईंका छोरा नीराजनले बिहीबार सर्वोच्च अदालतमा बन्दी-प्रत्यक्षीकरणको रिट दर्ता गराएका थिए। तर अदालतले प्रसाईंलाई रिहा गर्न भने आदेश दिएको छैन। अदालतले चौबीस घण्टाभित्र उनलाई उपस्थित गराउन भनेको छ।

प्रसाईंलाई प्रहरीले सोमबार राति भक्तपुरस्थित उनको घरबाट पक्राउ गरेको थियो।

 

प्रकाशित मिति: बिहीबार, मंसिर ४, २०८२  १६:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update