Harsamaya
कांग्रेस केन्द्रीय समिति बैठक स्थगित
- नेपाली कांग्रेसको केन्द्रीय कार्यालय ।

काठमाडौं - नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक स्थगित भएको छ । आजलाई बोलाइएको बैठक शनिबारसम्मका लागि स्थगित भएको हो ।  असोज २८ गतेबाट शुरु भएको महाधिवेशन केन्द्रित बैठक निष्कर्षमा पुग्न नसकेरे बस्दै स्थगित हुँदै गरेको छ ।

पार्टीमा महाधिवेशनको मितिबारे एकमत छैन । यही विषयमा निष्कर्षमा पुग्न थप छलफलका लागि बैठक एक साता स्थगित गरेर आजका लागि डाकिएको थियो । कात्तिक १९ गतेको बैठकमा महामन्त्री गगन थापाले पुस १६ देखि १९ गतेसम्म पार्टीको १५ औँ महाधिवेशन गर्नुपर्ने कार्य तालिका पेस गरेका थिए ।

त्यसै दिन सहमहामन्त्री महेन्द्र यादवले २०८३ वैशाख २७ देखि ३० गतेसम्म महाधिवेशन गर्ने कार्य तालिका प्रस्तुत गरेपछि केन्द्रीय समितिमा दुवै प्रस्तावका पक्ष र विपक्षमा सुझाव दिने क्रम जारी छ ।

585868728_2356180241508849_5693544730589295814_n-1763619395.jpg

प्रकाशित मिति: बिहीबार, मंसिर ४, २०८२  १२:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update