कर्णाली याक्सले चितवन राइनोजलाई दियो १६७ रनको लक्ष्य
काठमाडौं - नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो खेलमा कर्णाली याक्सले चितवन राइनोजलाई १६७ रनको लक्ष्य दिएको छ । कर्णालीले निर्धारित २० ओभरमा ३ विकेटको क्षतिमा १६६ रन बनाएको हो ।
कर्णालीका प्रियांक पन्चालले ९० रन बनाए । पवन सर्साफले २७, म्याक्स डोआउडले २०, मार्क वाटले १६ रन बनाए । चितवनका रवि बोपारा, सैफ अली जैब र सोहेल तनभीरले एक/एक विकेट लिए ।
प्रकाशित मिति: मंगलबार, मंसिर २, २०८२ १४:०५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय

