Harsamaya
मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ
मेडिकल व्यवसायी दुर्गा प्रसाईं ।

काठमाडौं - मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ परेका छन् ।

जिल्ला प्रहरी परिसर काठमाडौं र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले भक्तपुरमा रहेको उनकै घरबाट प्रसाईंलाई सोमबार मध्यरातमा पक्राउ गरेको हो । उनलाई काठमाडौं प्रहरी परिसर भद्रकालीमा राखिएको छ ।

आफूलाई राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंले मंसिर ७ देखि हिंस्रक आन्दोलन गर्ने चेतावनी दिँदै आएका थिए । 

यसअघि १५ चैतको हिंसात्मक आन्दोलनपछि पक्राउ परेका प्रसाईं अदालतको आदेशपछि छुटेका थिए ।

प्रकाशित मिति: मंगलबार, मंसिर २, २०८२  ०६:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update