एनपीएल सिजन–२ को उद्घाटन खेलः काठमाडौं गोर्खाजले पहिला फिल्डिङ गर्ने
काठमाडौं - नेपाल प्रीमियर लिग (एनपीएल) सिजन–२ को उद्घाटन खेलमा काठमाडौं गोर्खाजले टस जितेर पहिला फिल्डिङ गर्ने भएको छ ।
सोमबार टीयू क्रिकेट मैदानमा जनकपुरविरुद्ध काठमाडौंका कप्तान करण केसीले टस जितेर पहिला फिल्डिङ रोजेका हुन् । योसँगै काठमाडौं गोर्खाजविरुद्ध साविक विजेता जनकपुर बोल्ट्सले पहिला ब्याटिङ गर्ने छ ।
प्रकाशित मिति: सोमबार, मंसिर १, २०८२ १६:०७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय

