Harsamaya
मंसिर ४ मा बस्नेगरी सर्‍यो कांग्रेस केन्द्रीय समिति बैठक 
फाइल तस्वीरः हर समय/harsamaya

काठमाडौं - नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठकको मिति परिवर्तन भएको छ । भोलि अर्थात् सोमबार का लागि तय भएको बैठक मंसिर ४ गतेसम्मका लागि सरेको केही समय अघी विज्ञप्ती जारी गर्दै पार्टी मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

उनका अनुसार मंसिर ४ (बिहीबार) दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक बस्ने तय भएको छ । २८ असोजबाट सुरू भएको बैठकमा गत बिहीबार अर्थात् कात्तिक २७ सम्म नेताहरूले धारणा राख्ने क्रम सकिएको थियो ।

त्यसलगत्तै कात्तिक २९ गते (शनिबार) का लागि बैठक तय भएको थियो । यद्यपि उक्त बैठक पनि बस्न सकेन । त्यसपछि मंसिर १ गतेका लागि तय भएको बैठक पुन: सरेको हो ।

प्रकाशित मिति: आइतबार, कात्तिक ३०, २०८२  २१:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update