दल दर्ताको प्रमाणपत्र लिने आज अन्तिम दिन
काठमाडौं - दल दर्ताको प्रमाणपत्र लिइसक्नुपर्ने आज आइतबार अन्तिम दिन हो । निर्वाचन आयोगले तोकेको समय अवधि आज साँझ कार्यालय समयपछि सकिंदैछ ।
फागुन २१ गतेका लागि तय भएको प्रतिनिधि सभा निर्वाचनका लागि आयोगले राजनीतिक दल दर्ताको आह्वान गरेको थियो । आयोगमा दर्ता भएका नयाँ केही दलले प्रमाणपत्र लिइसकेका छन् भने प्रक्रियामा रहेका दलहरूले आज प्रमाणपत्र प्राप्त गर्ने छन् ।
हाल आधिकारिकता पाउने दलको सङ्ख्या १२६ पुगिसकेको आयोगले जनाएको छ ।
प्रकाशित मिति: आइतबार, कात्तिक ३०, २०८२ १४:३४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय

