Harsamaya
मिथिला बिहारीका वडाध्यक्षको गोली हानी हत्या
सांकेतिक तस्वीरः हर समय/harsamaya

काठमाडौं - धनुषाको मिथिला बिहारी नगरपालिका वडा नम्बर ९ का वडाध्यक्ष विन्देश्वर यादवको गोली हानी हत्या गरिएको छ । उनीमाथि शुक्रबार साँझ अज्ञात व्यक्तिले गोली प्रहार गरी हत्या गरेको नगर प्रमुख राजेन्द्रप्रसाद यादवले जानकारी दिए ।  

घटनापछि स्थानीयले उनलाई उपचारका लागि प्रादेशिक अस्पताल जनकपुर पुर्‍याएपनि चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ। 

यादव स्वतन्त्र रूपमा वडाध्यक्षमा निर्वाचित भएका थिए । प्रहरीले घटनाका विषयमा अनुसन्धान गरिरहेकाे जनाएको छ ।

प्रकाशित मिति: शुक्रबार, कात्तिक २८, २०८२  २०:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update