मधेश प्रदेशका पाँच सांसद् पदमुक्त
काठमाडौं - मधेश प्रदेशका सभाका पाँच सांसद पदमुक्त भएका छन् ।
प्रदेश सभाको सचिवालयले विज्ञप्ती जारी गर्दै पाँच सांसदलाई पदमुक्त गरिएको जानकारी गराएको छ ।
लगातार १० पटक प्रदेशसभा बैठकमा अनुपस्थित भएको भन्दै पाँचजना सांसदलाई पदमुक्त गरिएको हो । सभामुख रामचन्द्र मण्डलले उनीहरूलाई केही समय अघी पदमुक्त गरेका हुन् ।आफूमाथी पद अनुकुल आचरण नगरेको भन्ने प्रस्ताव दर्ता भएपश्चात् उनले पाँच जना सांसदलाई कारबाही गरेका हुन् ।
कारवाहीमा पर्ने प्रदेश सभा सदस्यहरूमा उर्मिला देवी सिंह, मनिष कुमार सुमन, संजय कुमार यादव, सिंहासन सा कलवार र सारदा संकर प्रसाद कलवार रहेका छन् ।

प्रकाशित मिति: बिहीबार, कात्तिक २७, २०८२ २१:१५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय

