Harsamaya
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै 
 नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक ।

काठमाडौं -  नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज पनि बस्ने भएको छ ।  पूर्वमन्त्री तथा पार्टीका पूर्वकेन्द्रीय सदस्य मोहम्मद अफताव आलमको निधन भएपछि २ दिन स्थगित भएको बैठक मंगलबारबाट पुन: सुरु भएको हो । 

मंगलबारबाट सुरु भएको बैठक आज बिहान साढे ११ बजे पार्टी कार्यालयमा बस्ने केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

गत असोज २८ गतेबाट जारी केन्द्रीय कार्यसमिति बैठकमा पार्टीको १५औँ महाधिवेशनबारे छलफल भइरहेको छ । बैठक १५औँ महाधिवेशन नियमित गर्ने वा विशेष महाधिवेशन गर्ने भन्नेमा केन्द्रित छ ।

महाधिवेशनका विषयमा एकमत हुन नसक्दा केन्द्रीय कार्यसमिति बैठक लम्विएको छ । मंसिरमा केन्द्रीय समितिको अवधि सकिने भएकाले त्यसअघि नै नियमित रुपमा महाधिवेशन गर्नुपर्ने अधिकांशको धारणा छ । 

असोज २८ गतेदेखि सुरु भएको बैठकमा पार्टीको १५ औँ महाधिवेशन सम्बन्धी विषयमा निरन्तर छलफल भइरहेको छ । 

प्रकाशित मिति: बुधबार, कात्तिक २६, २०८२  ०७:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update