Harsamaya
दल खारेज गर्न गौतमले आयोगमा दिए निवेदन 
फाइल तस्वीरः हर समय/harsamaya

काठमाडौं - वामपन्थी नेता वामदेव गौतमले दल खारेजीका लागि निर्वाचन आयोगमा निवेदन दिएका छन्।

गौतमले आफ्नो नाममा भएको पार्टी नेपाल कम्युनिस्ट पार्टी एकता राष्ट्रिय अभियान खारेज गर्न माग गर्दै निर्वाचन आयोगमा निवेदन दिएका हुन् । गौतमले २०७९ साल साउन १२ गते आयोगमा दल दर्ता गरेका थिए ।

उनी यसबिचमा एकीकृत समाजवादी पार्टी हुँदै नवगठित नेपाली कम्युनिस्ट पार्टीमा समाहित भइसकेका छन्। नेपाली कम्युनिस्ट पार्टीमा समाहित भएपछि गौतमले आयोगमा दर्ता खारेजीको निवेदन दिएका छन् ।

प्रकाशित मिति: मंगलबार, कात्तिक २५, २०८२  २०:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update