चार घण्टापछि त्रिभुवन विमानस्थल पुनः सञ्चारू
काठमाडौं - लाइटको समस्या भएपश्चात् ४ अवरूद्ध भएको त्रिभुवन विमानस्थल सञ्चालनमा आएको छ ।
धावनमार्गमा रहेको ‘एयर फिल्ड लाइटिङ’ प्रणालीमा समस्या आएर साँझ साढे ५ बजेबाट विमानस्थल अवरूद्ध बनेको थियो । जसका कारण उडान र अवतरण प्रणालीमा समस्या आएको थियो । हाल उक्त समस्या समाधान भएको छ ।
लाइटिङमा समस्या आउँदा केही जहाज आकाशमा ‘होल्ड’ भए भने केही गन्तव्यबाट आएका जहाज अन्यत्र पठाइएको थियो । आन्तरिक उडानका जहाजलाई भने विमानस्थलमा रोकिएको थियो ।
अन्तरराष्ट्रियतर्फका केही जहाज आकाशमा होल्ड गरिएको थियो भने केही डाइभर्ट गरिएको थियो ।
प्रकाशित मिति: शनिबार, कात्तिक २२, २०८२ २१:५९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय

