Harsamaya
तत्कालीन नेकपा एसका नेताहरूको जुम भेला‚ घनश्यामलाई चुनियो संयोजक
फाइल तस्वीरः हर समय/harsamaya

काठमाडौं - तत्कालीन नेकपा (एकीकृत समाजवादी)का ६७ केन्द्रीय सदस्यले नेता घनश्याम भुसाललाई संयोजकका रूपमा चयन गरेका छन् । शनिबार बसेको जुम बैठक गरी उनलाई संयोजक तोकिएको हो ।

उनको नेतृत्वमा आउँदो मंसिर पहिलो साता राष्ट्रिय भेला आयोजना गर्ने छलफलले निर्णय गरेको छ । भुसाल तत्कालीन एकीकृत समाजवादीका महासचिव थिए ।

एकीकृत समाजवादी, नेकपा (माओवादी केन्द्र)सहितका दल/समूह एक भएर नेपाली कम्युनिस्ट पार्टी गठन गरिएको छ । त्योसँगै एकीकृत समाजवादी अस्तित्वमा नरहेको ठानिएको छ । तर‚ भुसाल सहित नेताहरू भने नयाँ गठन भएको कम्युनिष्ट पार्टीमा गएका छैनन् ।

प्रकाशित मिति: शनिबार, कात्तिक २२, २०८२  २१:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update