काठमाडौं - मधेसका मुख्यमन्त्री जितेन्द्र सोनलले प्रदेश प्रमुखसमक्ष मुख्यमन्त्री पदबाट राजीनामा पत्र बुझाएका छन् ।
केही समय अघीमात्र मुख्यमन्त्री बनेका उनले आज राजीनामा बुझाएका हुन्।शनिबार मधेस प्रदेशसभामा राजीनामा घोषणा गरे लगत्तै उनले प्रदेश प्रमुखकहाँ पुगेर राजीनामा पत्र बुझाएका हुन् ।
सोनलले आजै प्रदेशसभा बैठकमा मुख्यमन्त्री पदबाट राजीनामा दिएको घोषणा गरेका थिए । प्रदेश सभाको शनिबार बैठक बोलाइएको थियो । खास गरी मुख्यमन्त्रीमा विश्वासको मत माग्नका लागि उक्त बैठक बोलाइएको थियो । तर‚ आफ्नो पक्षमा विश्वासको मत पुग्ने वातावरण नबने पश्चात् उनले पदबाट राजीनामा दिएका थिए ।
यता‚ मुख्यमन्त्री जितेन्द्र सोनलको राजीनामा स्वीकृत भएको छ । प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले उनको राजीनामा स्वीकृत गरेकी हुन् ।


