Harsamaya
आज विश्व रेडियोग्राफी दिवस
रेडियोग्राफी ।

काठमाडौं - आज नोभेम्बर ८ अर्थात विश्व रेडियोग्राफी दिवस । आजविश्वभर विभिन्न कार्यक्रम गरि विश्व रेडियोग्राफी दिवस मनाइने गरिन्छ ।

विश्वभर रेडियोग्राफी र रेडिएसन थेरापीबारे जानकारी र चेतना फैलाउने उद्देश्यकामा साथ हरेक वर्ष ८ नोभेम्बरमा विश्व रेडियोग्राफी दिवस मनाउने गरिन्छ ।

रेडियोग्राफीलाई एक्सरे वा विकिरण पनि भन्ने गरिन्छ । विलहेल्म रोईन्टेनले सन् १८९५ मा आजकै दिन रेडियोग्राफीको आविष्कार गरेका थिए । आधुनिक चिकित्सा प्रणालीमा यसले ठूलो महत्व राख्दछ ।

रेडियोग्राफीलाई सामान्यतया हामी एक्स–रे अथवा विकिरण भनेर पनि बुझ्दछौँ । विश्वभरका रेडियोग्राफरहरूले रेडियोग्राफीलाई क्यारियरको रूपमा प्रवद्र्धन गर्न, आधुनिक स्वास्थ्य सेवामा महत्त्वपूर्ण योगदान र निदान इमेजिङ र विकिरण थेरापीको जनचेतना बढाउने मौकाको रूपमा यस दिनलाई विश्वभरि नोभेम्बर ८ तारिखमा मनाउने चलन छ ।

विश्व रेडियोग्राफी दिवस २०२५ को नारा 'RadiographersM Seeing the Unseen' यसको अर्थ, रेडियोग्राफरहरूले एक्स–रे, सीटी, र एमआरआई जस्ता इमेजिङ प्रविधि प्रयोग गरी शरीरभित्रका तिन कुराहरू हेर्छन् । जुन बाहिरबाट देखिँदैनन्। यसले रोग वा चोट पत्ता लगाउन र सही रूपमा निदान तथा उपचार गर्न सहयोग पु¥याउँछ भन्ने रहेको छ ।

प्रकाशित मिति: शनिबार, कात्तिक २२, २०८२  ०८:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update