Harsamaya
नेपालको भगवानहरु चोरेर लगे - सुनिता डंगोल
काठमाडौं महानगरपालीकाकी उपमेयर सुनिता डंगोल ।

काठमाडौं - काठमाडौं महानगरपालीकाकी उपमेयर सुनिता डंगोलले संसारका विभिन्न कुनामा नेपालको भगवान वा सम्पदाहरु चोरेर लगेको दाबी गरेकी छिन् । 

शुक्रबार पुनर्निर्मित ब्रम्हा मन्दिर उद्घाटन समारोहमा बोल्दै उनले चोरी भएका सम्पदाहरु पुनः नेपालमा नै फिर्ता ल्याउने काम वा पुनस्थापना गर्ने काममा काठमाडौं महानगरपालीकाले सक्दो भूमिका खेलिरहेको बताइन् । 

त्यस्तै उनले ४५ बर्ष अघि चोरिएको पौवाहरु पुनस्थापित गर्न सफल भएको बताइन् । उनले केही समय अघि इथुमबहालमा ४५ बर्ष अघि चोरिएको पौवाहरु पुनस्थापित गर्न सकेको बताइन् । उनले पौवामा पुरातत्वसँगै गुठीको पनि उत्तिकै भूमिका रहेको  जानकारी दिइन् । 

उनले यसरी भगवानलाई फिर्ता गर्न पाँउदा खुशीका साथै गर्वको क्षण रहेको बताइन् । 

प्रकाशित मिति: शुक्रबार, कात्तिक २१, २०८२  १४:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update