Harsamaya
आयोगको दलहरूलाई अनुरोधः मतदाता नामावली दर्ताको प्रचार गरिदिनूस्
निर्वाचन आयोग । तस्वीर: हर समय/Har Samaya

काठमाडौं - निर्वाचन आयोगले मतदाता नामावलीमा नाम दर्ता तथा अद्यावधिक गर्न पुनः अनुरोध गरेको छ । आयोगले २१ फागुनमा हुने निर्वाचनका लागि कार्तिक ३० सम्म नामावलीमा नाम दर्ता तथा अद्यावधी गर्न कोही छुटेको भए दर्ता कार्यमा सहभागि हुन अनुरोध गरेको छ । 

‘हालसम्म पनि मतदाता नामावलीमा नाम दर्ता तथा अद्यावधिक गर्न छुट हुनुभएका नागरिकलाई मतदाता नामावलीमा नाम दर्ता तथा अद्यावधिकका लागि स्थानीय तहबाट प्रचार प्रसार र आवश्यक सहजीकरण गरिदिनका लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई लेखी पठाउने गरी आयोगको मिति २०८२/०७/२० को बैठकबाट निर्णय भएको छ‚’ आयोगले जारी गरेको विज्ञफ्तीमा लेखिएको छ । 

साथै आयोगले प्रचारप्रसार कार्यमा सहयोग गर्दिन राजनीतिक दल‚ सञ्चार माध्याम लगायत सम्बन्धीत निकायलाई अनुरोध गरेको छ । 

‘मतदाता नामावलीमा नाम दर्ता तथा अद्यावधिक गर्न छुट हुनुभएका नागरिकलाई मतदाता नामावलीमा नाम दर्ता र विवरण अद्यावधिक गराउन आवश्यक प्रचारप्रसार गरिदिनुहुन सबै मतदाता, राजनीतिक दल, आमसञ्चार माध्यम लगायत निर्वाचन सरोकारवालाहरूलाई आयोग हार्दिक अनुरोध गर्दछ‚’आयोगको अनुरोध छ ।

प्रकाशित मिति: शुक्रबार, कात्तिक २१, २०८२  १३:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update