Harsamaya
आजदेखि रास्वपाको  विस्तारित बैठक सुरु

काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को आजदेखि विस्तारित बैठक सुरु हुँदै छ ।  चितवनको सौराहामा आज बस्ने बैठकले पार्टीको आगामी रणनीति तय गर्ने बताइएको छ । 

पार्टी सचिवालय सदस्य हरि ढकालका अनुसार बैठकमा ५ सयभन्दा बढी प्रतिनिधि सहभागी हुनेछन् । उनका अनुसार बैठकमा पार्टीका कार्यवाहक सभापति डीपी अर्यालले राजनीतिक, अर्का उपसभापति डा स्वर्णिम वाग्लेले आगामी निर्वाचनका लागि बाचापत्रको मस्यौदा पेस गर्ने कार्यसूची छ । बैठकमा प्रदेश सभापतिहरूले प्रदेश भित्रका जिल्लाको पार्टी सङ्गठनको अवस्थाबारे ब्रिफिङ गर्ने बताइएको छ । 

प्रकाशित मिति: शुक्रबार, कात्तिक २१, २०८२  ०७:११
प्रतिक्रिया दिनुहोस्
Weather Update