जनकपुर - जनकपुरधामका निजी अस्पतालहरूको संगठन एसोसिएसन अफ प्राइभेट हेल्थ इन्स्टिच्युट अफ नेपालमा आबद्ध अस्पतालहरूले आफ्ना अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीहरूको माग सम्बोधन गर्ने जानकारी गराएका छन् ।
बिहीबार (आज) जनकपुरधाममा पत्रकार सम्मेलन गर्दै ती निजी अस्पतालका सञ्चालकहरूले न्यूनतम तलब पाउनुपर्ने भन्दै आन्दोलनमा रहेका आफ्ना अस्पतालका स्वास्थ्यकर्मीहरूको माग सरकारले तोकेको मापदण्ड अनुसार सम्बोधन गर्ने प्रतिबद्धता जाहेर गरेका छन् ।
उनीहरूले चिकित्सकहरूलाई सम्बन्धित अस्पताल प्रशासनसँग आफ्नो कुरा राखेर छलफल गर्न आएमा आफूहरूले सकेसम्म तलब सुविधा उपलब्ध गराउने बताए ।
संघीय स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको मिति २०८२/०७/१६ को विज्ञप्तिको बुँदा ३ तथा ४ मा उल्लेख भए अनुसार प्रा. डा. श्रीकृष्ण श्रेष्ठको संयोजकत्वमा गठित समितिले १ महिना भित्र अस्पतालहरूको वर्गीकरण गरी पारिश्रमिक सम्बन्धी कार्य योजना तयार पार्ने भनेको छ ।
सोही निर्णय प्रति जनकपुरधामका निजी अस्पतालका सञ्चालकहरूले पनि आफूले सञ्चालन गरेको अस्पताल वर्गीकरण भई सरकारले तोक्ने तलब सुविधा चिकित्सकहरूलाई उपलब्ध गराउने बताए । उनीहरूले वर्गीकरण हुन १ महिनाको समय रहेकोले अहिलेका लागि आन्दोलनदत्त स्वास्थ्यकर्मीहरूलाई अस्पताल फर्किन आग्रह गरेका छन् ।
-(1)-1762438508.jpg)

