Harsamaya
डोटीबाट गर्भवतीको हेलिकप्टरमार्फत उद्धार
प्रतिकात्मक तस्वीर: हर समय/Har Samaya

डोटी - डोटीको बडीकेदार गाउँपालिका–५ की एक गर्भवतीको आज हेलिकप्टरमार्फत उद्धार गरिएको छ । 

बडीकेदार–५ केदारमाडौँ की २३ वर्षीया विस्नादेवी पुनमगर सुत्केरी हुन नसकी अचेत अवस्थामा रहेकी थिइन् । उनलाई स्थानीय सामुदायिक स्वास्थ्य एकाइ सेउडीखेतमा भर्ना गरिएको थियो ।

त्यहाँ उपचार सम्भव नभएपछि विस्नादेवीलाई नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले जानकारी दिए । 

विस्नादेवीलाई कर्णाली प्रादेशिक अस्पताल सुर्खेतमा भर्ना गरिएको प्रजिअ जोशीले बताए । 

प्रकाशित मिति: आइतबार, माघ १३, २०८१  १८:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update