काठमाडौं - नेकपा एकीकृत समाजवादीकी नेतृ राम कुमारी झाँक्रीले समाजवादी पार्टीसँगको यात्रा टुंगिदै गर्दा खासै दुखेसो नलागेको बताएकी छन् ।
बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै नेतृ झाँक्रीले आज पार्टीसँगको यात्रा टुंगिदा एक हिसाबले खुशी नै भएको बताइन् । उनले समाजवादी पार्टी सँगको यात्रा गलत हो भन्ने थाहा हुँदाहुँदै पनि सुधार गर्नका लागि केहि जिम्मेवारी भएकाले छोड्न नसकेको भन्दै अहिले यो यात्रा टुगिंएको जानकारी दिइन् ।
‘यो यात्रा अवरुद्ध छ भन्ने कुरा हामीले धेरै पहिला थाहा पाएका थियौँ, यो गलत बाटो हो भन्ने पनि थाहा थियो तर त्यस्लाई सुधार गर्नका लागि हामी सँग केहि जिम्मेवारी हरु थिए । त्यहि कारणले गर्दा त्यो यात्रा बिचैमा टुंग्याउन सकेका थिएनौँ तर आज यो यात्रा टुंगिएको छ । तर यात्रा टुङ्गिदै गर्दा हामी एक हिसाबले खुशी नै छौं,’ उनले भनिन् ।
उनले नेकपा एकीकृत समाजवादी पार्टी निमार्णका क्रममा एउटा अभियानमा चल्छ भन्ने विश्वासका साथमा लागेको भन्दै आजबाट त्यो विश्वास पनि सकिएको बताइन् । उनले समाजवादी पार्टी सँगको यात्रा नयाँ पार्टी विघटन सँगसँगै सकिएको दाबी गरिन् ।
‘नेकपा एकीकृत समाजवादी पार्टी निमार्णका क्रममा एउटा अभियानमा चल्छ भन्ने विश्वासका साथमा हामी लागेका थियौँ तर त्यो आजबाट सकिएको छ । समाजवादी पार्टी सँगको यात्रा त्यो पार्टी विघटन सँगसँगै टुंगियो । त्यो पार्टी सँगको यात्रा टुंगिसके पछाडि हाम्रो रोकिएको अवस्था हो । हामी भित्रपनि धेरै आइडियाहरु छ । हामी सँग पनि थुप्रै साथिहरु छन्, तर यो गर्नुको कारण यसको १ बजेपछि हाम्रो पार्टीको औपचारिक घोषणा हुँदैछ,’उनले भनिन् ।
नेतृ झाँक्रीले समाजवादी पार्टी, दल भित्रका अन्तरिक लोकतन्त्रहरु खुम्चिएको बेला निमार्ण भएको भन्दै जनतामा भरोसा रहेकै कारण भरोसालाई डोर्याउँदै पार्टी निमार्ण गरेको तर समयले पार्टी विर्सजन गर्ने बनाएको पनि बताइन् ।
‘समाजवादी पार्टी यस्तो बेला निमार्ण भएको थियो जुनबेला दल भित्रका अन्तरिक लोकतन्त्रहरु पनि खुम्चिएको थियो, जनतामा भरोसा थियो तर त्यो भरोसालाई डोर्याउन सक्छौँ होला भन्ने विश्वासले पार्टी निमार्ण गरेको थियौँ । तर समयले पार्टी विर्सजन गर्ने बनायो,’ उनले भनिन् ।

