Harsamaya
युक्रेनलाई तोमहक मिसाइल दिने कुनै योजना छैन : राष्ट्रपति ट्रम्प
फाइल तस्वीरः हर समय/harsamaya

काठमाडौं - अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनलाई तोमहक मिसाइल दिने कुनै योजना नरहेको बताएका छन् ।

फ्लोरिडाको पाम बिचबाट वासिङ्टन फर्कँदै गर्दा पत्रकारहरूसँगको कुराकानीमा ट्रम्पले युक्रेनलाई मिसाइल दिने योजना नरहेको बताएका हुन् ।

उनले युक्रेनलाई तोमहक मिसाइल दिँदा रुससँगको युद्ध थप चर्किन सक्ने बताए । अक्टोबर २२ मा ट्रम्प र नाटोका महासचिव माक रुट्टबीच व्हाइट हाउसमा भएको भेटमा तोमहक क्षेप्यास्त्रबारे छलफल भएको थियो ।

यो मिसाइल करिब १,००० माइल (१६०० किलोमिटर) टाढासम्म प्रहार गर्न सक्छ । यसको गति करिब ५५० माइल प्रतिघण्टा हुन्छ, जुन आवाजको गतिभन्दा करिब ७० प्रतिशत हो ।

यस्तो मिसाइल सतहबाट मात्र करिब ३० मिटरमाथि उड्ने भएकाले रडारले पत्ता लगाउन कठिन हुन्छ ।

अमेरिकासँग अहिले हजारौँ तोमहक मिसाइल रहेको अनुमान छ, तर नयाँ उत्पादन कम भएकाले स्टक घट्दो छ । त्यसैले युक्रेनलाई यस प्रकारको मिसाइल दिन अमेरिकी नेतृत्वले सजिलै निर्णय गर्न सक्दैन ।

प्रकाशित मिति: सोमबार, कात्तिक १७, २०८२  ०८:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update